काठमाडौं : राष्ट्रपति विद्या भण्डारी र नेपाल भ्रमणमा रहेकी भारतीय विदेश मन्त्री सुष्मा स्वराजबीच भेटवार्ता भएको छ।
राष्ट्रपति निवास शीतलनिवासमा उनीहरुबीच भेटवार्ता भएको हो। भेटमा दुई देशबीचरहेको ऐतिहासिक तथा मैत्रिपूर्ण सम्बन्धलाई थप सुमधुर र प्रगाढ वनाउनेविषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
भारतीय विदेशमन्त्री स्वराज विम्स्टेक बैठकमा भाग लिन आज काठमाडौं आएकी हुन् ।