PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

डा केसीका माग तत्काल सम्बोधन गर्न शान्ति समाजको आग्रह



रासस

काठमाडौँ :  मानव अधिकार तथा शान्ति समाजले डा गोविन्द केसीका मागलाई तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ। 

समाजले आज कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापालाई भेटेर डा केसीले राखेका माग तत्काल सम्बोधन गरेर आमरण अनशन अन्त्य गर्ने दिशामा सरकारलाई कदम चाल्न आग्रह गरेको हो। 

समाजका अध्यक्ष कृष्ण पहाडीले घृणालाई बढावा दिने र विखण्डनको अभियान सञ्चालन गर्ने दुष्कार्यमा केही व्यक्ति सक्रिय रहेको भन्दै त्यसलाई रोक्न सरकारसँग आग्रह गरे। 

मन्त्री थापाले शान्ति समाजले अघि सारेका कुरा महत्वपूर्ण विषय भएको भन्दै यसलाई आफूले गम्भीररुपमा लिएको बताए। 

यस्तै पूर्व आयुक्त समाज, राष्ट्रिय मानव अधिकार समाजले पनि डा केसीले राखेका माग तत्काल समाधान गर्न आग्रह गरेको छ। 

समाजका अध्यक्ष केदारनाथ उपाध्यायले विज्ञप्ति जारी गर्दै डा केसीको जीवन रक्षाका लागि अविलम्ब पहल गर्न सांसद् एवं प्रमुख राजनीतिक दलसँग आग्रह गरेक हुन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell