PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

कांग्रेस नेता विश्वप्रकाश शर्माको ट्वीटमार्फत् ओलीलाई प्रश्न, 'केसीलाई कात्रो?' 



पहिलोपोस्ट

काठमाडौं : कांग्रेस नेता विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिलाई संकेत गर्दै ट्वीटबाट प्रश्न उठाएका छन्। 'केसीलाई कात्रो?' शीर्षक दिएर गरिएको ट्वीटमा शर्माले प्रधान मन्त्रीसँगको छलफलमा एमाले अध्यक्ष केपी ओलीले उठाएको प्रश्नलाई तारो बनाएका हुन्। 

शर्माले आफ्नो ट्वीटमा लेखेका छन्। 

प्राध्यापक डाक्टर गोविन्द केसीले ११ औं अनसन सुरु गरेपछि  प्रधान मन्त्रीले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्षसहित नेताहरुसँग छलफल गरेका थिए। 

डाक्टर केसीका माग पूरा गर्न लचिलो हुनका लागि प्रधान मन्त्रीले गरेको आग्रहमा एमाले अध्यक्ष ओलीले प्रधान मन्त्रीलाई 'तपाईँको राजिनामा मागेर कसैले अनसन बस्यो भने राजिनामा दिनुहुन्छ?' भन्दै प्रश्न उठाएका थिए। 

डाक्टर केसीको अनसन १८ दिन पुग्दा समेत माग सम्बोधन नभएको र केसीको स्वास्थ्य अवस्था पनि नाजुक भएको बेला शर्माले यस्तो प्रश्नसहितको ट्वीट गरेका हुन्। 

शर्माले अनशनले कसैले प्रधानमन्त्री मागे बहस गरौला भन्दै  'त्यही तर्कको कात्रो यी `निस्काम कर्मयोगी´लाई ओढाए… सम्बन्धित सबैलाई महंगो पर्नेछ' भन्दै चेतावनी समेत दिएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell