PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

चाहना पार्टी ध्रुवीकरण : संयोजकको कि नेताहरुको?



आकाश क्षेत्री

काठमाडौं : बिहीवार नयाँ शक्तिका सह-संयोजक देवेन्द्र पौडेल लगायत १५ जना नेताले पत्रकार सम्मेलन गरी नयाँ शक्तिभित्र बृहत ध्रुविकरणको आवश्यकता दर्शाएका छन्। आर्दशवादी कुरा गरेर समाज र परिस्थितिको मूल्याङ्कन नगरी संघर्षविना शक्ति आर्जन नहुने भन्दै नेताहरुले पार्टी ध्रुवीकरणको अवश्यक्ता रहेको जनाएका हुन्। 

तर, देवेन्द्र पौडेलले सञ्चारकर्मी समक्ष बोल्दै पार्टीमा कुनै किसिमको गुटबन्दी गर्न नखोजेर एउटा बृहत ध्रुवीकरण गर्नमा लागेको बताए। 
पत्रकार सम्मेलन गर्नुपूर्व पार्टी संयोजक डा.बाबुराम भट्टरार्इसँग छलफल गरेर नै यो अपिल सार्वजनिक गरेको सह-संयोजक पौडेलको भनार्इ छ।
 
देवेन्द्र पौडेल, महेन्द्र पासवान, वामदेब क्षेत्री, कुमार पौडेल, मुक्ति प्रधान, पासाङ शेर्पा, सुशीला सिर्पाइली, बलावती शर्मा, तिलक थापा, अमरध्वज लामा, वाहिद अन्सारी, लाल किरण, रत्न राना लगायतका नेताहरुले पार्टी ध्रुबीकरणमा लग्नुपर्ने अपिल जारी गरेका छन्। 

नेताहरुको चाहना ध्रुवीकरण कि एकता?    

पौडेल आफुहरुले पार्टीमा कुनै गुट तथा उपगुट बनाएर पार्टी विभाजन गर्ने नखोजेर यसमा आफ्नो मुख्य आशय भनेको पार्टी ध्रुवीकरणमा होओस् भन्ने रहेको बताए।

तर, पौडेलले आफ्नो मुख्य चाहना पार्टी एकता भएको पनि स्पस्ट खुलाएका छैनन्।    

नयाँ शक्ति गुटबन्दीको मारमा परेको र अब पार्टी ध्रुवीकरणमा जानुपर्छ भन्दै पौडेल समुहले अपिलमा भनेको छ,- 
‘हामीले २०७३ कार्तिकको बैठकबाट राजनीतिक कार्यदिशम, विचार, दर्शन, कार्यशैली, संगठनको बारेमा कुरा उठायौं तर, पार्टी बन्न सुरु हुँदै गुटबन्दी सुरु भयो र नेताहरुको अपमान गर्ने थालनी भयो। नयाँ शक्ति पार्टीले राजनीतिक वैचारिक विचार निर्माण गर्ने अवसर गुमाउँदै मनोगतबादको सिकार हुँदै राजनीतिक विहीन, सिद्दान्त र दर्शन विहीन, आर्दशका कल्पना गर्ने प्राप्त उपलब्धि केही होइनन् भन्नेतिरबाट अगाडि बढ्ने र राजनीतिक प्रस्तावमा जीवन व्यावहारमा माओवादीको मात्र टिका-टिप्पणी गर्ने विषयले गम्भीर बनायो। म‌ओवादीमा लामो जीवनकालको संघर्ष र त्यसबाट प्राप्त उपलब्धिलार्इ हेर्दा नैतिकताले पनि उल्लेखित विचार विहीनको सिद्धान्त प्रतिको व्याङ्ग स्वीकार गर्ने सकिएन।’

नयाँ शक्ति पार्टीका सह-संयोजक पौडेल लगाएतका नेताहरुले सिधै माओवादी सँग एकता हुनुपर्छ भन्न सकेका छैनन्। तर, उनीहरुका पार्टीलार्इ अस्पस्ट तरिकामा एकता अहिलेको आवश्यक्ता भएको अपिल गरेको जस्तो पनि देखिन्छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell