PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

सप्तरीका बाढीपीडितलाई तत्काल राहत दिन प्रधानमन्त्रीको निर्देशन



पहिलोपोस्ट

सप्तरीका बाढीपीडितलाई तत्काल राहत दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका बाढीपीडितलाई तत्काल राहत दिन स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्। 

बिहीबार प्रधानमन्त्रीले सप्तरीको स्थानीय प्रशासनलाई निर्देशन दिंदै बाढीबाट थप धनजनको क्षति हुन नदिन र समयमै व्यवस्थापन गर्न निर्देशन दिएका हुन्।

बिहीबार सप्तरीमा आएको बाढीका कारण राजविराज नगरपालिकाको वडा नम्वर १५ मा धनजनको क्षति भएको छ। त्यहाँका केही घर डुवानमा परेका छन्।

प्रधानमन्त्रीले तराईको उच्च जोखिम भएको क्षेत्रमा सम्भावित बाढीको पूर्वव्यवस्थापन गरेर जोखिमयुक्त वस्तीहरु स्थानान्तरण गर्न पनि निर्देशन दिएका छन् ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell