PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

ओलीले भने-एमाले देशको प्रमुख पार्टी र राष्ट्रिय आन्दोलनको सिंगो नायक हो 



रासस

ओलीले भने-एमाले देशको प्रमुख पार्टी र राष्ट्रिय आन्दोलनको सिंगो नायक हो 

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियता सवालमा एमालेसँग कुनै पनि पार्टीले प्रतिस्पर्धा गर्न नसक्ने बताएका छन्। 

बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले एमालेले लिएको राष्ट्रिय अडानका कारण कुनै पनि पार्टी एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने बताए। 

अध्यक्ष ओलीले भने, ‘‘एमालेसँग प्रतिस्पर्धा गर्न दम कुनै पार्टीले राख्न सक्दैनन्, केही पार्टी राज्यसत्ताको प्रयोग गरेर अनुचित ढंगले प्रतिस्पर्धा गर्न खोजेका छन्।’ 

वैचारिक, नीतिगत र सांगठनिक हिसाबले सबभन्दा ठूलो पार्टी एमाले भएको बताउँदै ओलीले भने,‘एमाले प्रमुख वामपन्थी पार्टीमात्र नभएर देशको प्रमुख पार्टी र राष्ट्रिय आन्दोलनको सिंगो नायक हो।’ 

अध्यक्ष ओलीले एमाले ठूलो दल भए पनि सजिलोसँग काम गर्न नदिएको र अनेकथरि तत्वले एमालेविरुद्ध लाग्ने गरेको आरोप लगाए। 

पहिलो र दोस्रो चरणअन्तर्गत स्थानीय तह निर्वाचनमा एमाले पहिलो पार्टी बनेको उल्लेख गर्दै ओलीले तराई–मधेशको विकासका लागि तेस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनमा पनि एमाले पहिलो हुनुपर्ने बताए। 

अध्यक्ष ओलीले मधेशमा पहिलो पार्टी बनेर विकास लहर ल्याउने बताउँदै राष्ट्रिय नीतिका बारेमा अन्य दल मौन बसेको आरोप लगाए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell