PahiloPost

May 2, 2026 | १९ बैशाख २०८३

दीपक श्रेष्ठ क्यानाडा प्रस्थान, दीपक विष्ट अमेरिका जाने



पहिलोपोस्ट

दीपक श्रेष्ठ क्यानाडा प्रस्थान, दीपक विष्ट अमेरिका जाने

काठमाडौं : नेपाली करातेका सफल खेलाडी तथा दक्षिण एसियाली खेलकुद (साग)का दुई स्वर्ण विजेता दीपक श्रेष्ठ कराते कोचेज तथा म्यानेजमेन्ट सेमिनारमा सहभागी हुन बिहीबार क्यानाडाको ओटावा प्रस्थान गरेका छन्।

सेमिनार अगष्ट १८ देखि २२ तारिखसम्म सञ्चालन हुनेछ। सेमिनार सकाएपछि श्रेष्ठ अमेरिकाको न्युयोर्क जाने छन्। त्यहाँ श्रेष्ठ नेप्लिज स्पोर्ट्स एन्ड कल्चरल डेभलोप्मेन्ट कमिटीले आयोजना गर्ने अन्तरक्रियामा सहभागी हुनेछन्। अन्तरक्रियामा नेपाली खेलकुदको विकासका विषयमा छलफल हुने बताइएको छ।

त्यस्तै नेपालकै सर्वाधिक सफल खेलाडी सागका कीर्तिमानी ४ स्वर्ण विजेता र एसियाली खेलकुदका २ कास्य विजेता तेक्वान्दोका दीपक विष्ट युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (युयुएनटीएफ)को बैठकमा सहभागी हुन शुक्रबार अमेरिकाको पोर्टल्यान्ड जाँदैछन्। बैठक अगष्ट १४ तारिखमा हुनेछ। त्यसपछि विष्ट पनि न्युयोर्कमा श्रेष्ठ सहभागी हुने कार्यक्रममा सहभागी हुनेछन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले दुवैलाई सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बिदाइ गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell