
उर्लाबारी: मोरङको विराटनगर महानगरपालिका–१४ स्थित कोशी राजमार्गमा ट्रकको ठक्करबाट गए राति एक साइकलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा विराटनगर–१६ बस्ने ४३ वर्षीय मनोज साह रहेका छन्। साहलाई उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १ ख ५१८२ नंको ट्रकले ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट गम्भीर घाइते साहको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचारका क्रममा राति ९ बजे मृत्यु भएको हो।
ठक्कर दिने ट्रक र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए। रासस