PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

साउन भित्र संविधान संशोधनलाई टुंग्याउन सत्तारुढ दल र राजपाबीच सहमति 



पहिलोपोस्ट

साउन भित्र संविधान संशोधनलाई टुंग्याउन सत्तारुढ दल र राजपाबीच सहमति 
फोटो प्रधानमन्त्रीको ट्वीटरबाट

काठमाडौंः राष्ट्रिय जनता पार्टी दुई नम्बर प्रदेशमा हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सहभागी हुने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान सत्तारुढ दल र राजपा नेताबीच भएको छलफलमा संविधान संशोधन यही महिनाभित्रै टुंगो  लागाउने र सरकारसँगको सहमतिमा राजापा निर्वाचनमा जान सहमत भएको हो।

बैठकपछि राजपाका नेता शरत्सिंह भण्डारीले आफूहरु संविधान संशोधनलार्इ तुरुन्त अगाडि बढाएर पारित गर्ने कुरामा सहमत भएको बताए। 
नेता भण्डारीले भने,‘यही महिनाभित्र नै संविधान संशोधनलार्इ टुंगोमा पुर्याउने सहमति भएको छ।’

संविधान संशोधनमा दुर्इवटै राप्रपा सकारात्मक रहेकाले राजपाले संविधान संशोधन पास हुनेमा ढुक्क रहेको नेता भण्डारीले जानकारी दिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell