काठमाडौं: यो हप्ता फ्राइडे रिलिज अन्तर्गत एक मात्र नेपाली फिल्म सार्वजनिक भएको छ। मल्टिस्टारर फिल्म 'संरक्षण' प्रदर्शनमा आएको हो। फिल्मलाई पुर्णन्दु झाले निर्देशन गरेका हुन्। निखिल उप्रेती, सौगात मल्ल, मलिना जोशी, अशिष्मा नकर्मी, प्रमोद अग्रहरी, कामेश्वर चोरीसिया, रमेश बुढाथोकी, निर शाह लगायतको मुख्य अभिनय रहेको छ।
मधेस आन्दोलन, प्रहरीको खिचातानी तथा तराईमा फैलिएको अपराधलाई फिल्ममा चित्रण गरिएको छ। प्रवेश मलिकको संगीत रहेको फिल्मलाई प्रदिप उदयले निर्माण गरेका हुन्। फिल्मले सिंगल स्क्रिन र मल्टिप्लेक्स गरी देशभर ७५ हलमा शो पाएका छन्।
त्यस्तै बलिउड फिल्म 'ट्वाइलेट एक प्रेम कथा' पनि सार्वजनिक भयो। श्रीनारायण सिंह निर्देशित फिल्मले नेपाली सिंगल स्क्रिन तथा मल्टिप्लेक्समा शो पाएको छ। फिल्ममा अक्षय कुमार, भूमि पेडनेकर, द्वियन्दु शर्मा, अनुपम खेर, शुभा खोटे, सुधिर पाण्डे आदिको अभिनय रहेको छ। भारतको उत्तर प्रदेशका दुई शहरमा रहने पात्रहुको प्रेम कथा हो फिल्म। कमेडी जनराको फिल्मले सरकार र निर्माण कार्यलाई व्यङ्ग्य गर्छ।
हलिउडका लागि फिल्म 'एटोमिक ब्लोन्ड' सार्वजनिक भएको छ। अमेरिकन एक्शन स्पाइ थ्रिलर फिल्मलाई डेभिड लिचले निर्देशन गरेका हुन्। चार्लिज थेरन, जेम्स म्याकभोयको मुख्य अभिनय रहेको फिल्ममा टाइलर बेट्सले संगीत दिएका छन्। कर्ट जोनस्ट्यान्डको लेखनमा तयार फिल्ममार्फत डेभिडले निर्देशकिय डेब्यु गर्न लागेका हुन्। फिल्मले मल्टिप्लेक्समा मात्र शो पाएको छ।