PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

टर्कीका रमिल बने २ सय मिटरका नयाँ विश्व च्याम्पियन



पहिलोपोस्ट

टर्कीका रमिल बने २ सय मिटरका नयाँ विश्व च्याम्पियन

टर्कीका रमिल गुलियेभ एथ्लेटिक्सको २ सय मिटरमा नयाँ विश्व च्याम्पियन बनेका छन्।

लण्डनमा भइरहेको वर्ल्ड एथ्लेटिक्स च्याम्पियनमा रमिलले २ सय मिटर दुरी २०.०९ सेकेण्डमा पूरा गर्दै आश्चर्यजनक रुपमा स्वर्ण पदक जितेका हुन्। उनले दक्षिण अफ्रिकाका फेभरेट भान निकेर्कलाई पछि पारे।

स्वर्ण जित्ने अनुमान गरिएका निकेर्क २०.११ सेकेण्डमा दुरी पूरा गर्दै दोस्रो भए भने २०.११ सेकेण्डदै दौड पूरा गरेका ट्रिनिडाड एण्ड टोबागोका जेरिम रिचर्ड्स तेस्रो भए।

जारी च्याम्पियनसिपमा टर्कीले जितेको यो पहिलो स्वर्ण हो।

२ सय मिटरमा विश्व रेकर्ड भने जमैकन उसेल बोल्ट (१९.१९) को नाममा छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell