PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

सप्तरीका बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य तिव्र पार्न गृहमन्त्रीको निर्देशन 



पहिलोपोस्ट

सप्तरीका बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य तिव्र पार्न गृहमन्त्रीको निर्देशन 

काठमाडौ :  गृहमन्त्री जनार्दन शर्माले अविरल वर्षाका कारण सप्तरीको राजविराज नगरपालिका–१५ देवरी भरुवास्थित खाडो नदीमा आएको बाढी गाउँ पस्न थालेपछि उद्धार कार्य तिव्र बनाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

गृहमन्त्री शर्माले शुक्रबार बिहान इटहरी सडक डिभिजनबाट २ वटा ठूला चेन डोजर त्यसतर्फ उद्धारका लागि पठाउन निर्देशन दिएका छन्। 

बाढीका कारण खाडो नदीले बहाव परिवर्तन गरेपछि त्यहाँ रहेको बाँध भत्किने अधिक संभावना भएकोले चेन डोजरमार्फत नदीलाई पुरानै धारमा फर्काउनका लागिएको हो। 

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धार कार्यमा खटिएका छन्। सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालका अनुसार बाढीका कारण हालसम्म एक जनाको मृत्यु भएको छ।

तिरहुत गाउँपालिकाको मैनाकडेरी र भेडियामा पनि डुबानको समस्या आएपछि त्यहाँ उद्धार कार्य जारी रहेको प्रजिअ कटवालले जानकारी दिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell