काठमाडौं: ह्यान्डसम हंक नेपाल २०१७ निपुनराज श्रेष्ठ भएका छन्। पुरुष विशेष सौन्दर्य प्रतियोगितामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै श्रेष्ठले शिर्ष ताज हात पारेका हुन्।
विश्व मिडियाको आयोजनामा भएको ह्यान्डसम हंक नेपालमा २५ पुरुष प्रतिस्पर्धीहरुले अन्तिम चरणमा प्रवेश पाएका थिए। जसमा फस्ट रनर्सअप उत्तमराज पाण्डे, सेकेण्ड रनर्सअप टिमेश श्रेष्ठ भए। अन्य उपाधि मल्टि मिडिया तथा मस्ट पपुलरमा टिमेश श्रेष्ठ, मस्ट डिसिप्लिन दिपेन्द्र कार्की, मिस्टर फोटोजेनिक सुबोध पाण्डे, बेस्ट फिजीक श्री कृष्ण श्रेष्ठ,बेस्ट वाल्क प्रविन परियार, मस्ट ट्यालेण्टेड ओम प्रकाश आचार्य, बेस्ट पर्सनालिटी रिजन बिष्टले उपाधि जित्न सफल भएका हुन्।
अन्तिम प्रतिस्पर्धामा नायिका संचिता लुइटेल, संचारकर्मी तथा कलाकार सुर्य चन्द, कोरियोग्राफर आस्विनी झा, समाजसेवी कृष्ण देवकोटा र फेसन डिजाईनर अमित झा निर्णायक रहेका थिए। प्रतिस्पर्धि युवाहरुलाई आयोजकले सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिएको आयोजक बिक्रान्त पौडेलले बताए।