PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

नवलपरासीको पृथ्वीचन्द्र अस्पतालमा ८० वर्षपछि फार्मेसी सेवा संचालन



रासस

नवलपरासीको पृथ्वीचन्द्र अस्पतालमा ८० वर्षपछि फार्मेसी सेवा संचालन

नवलपरासी : स्थापना भएको करिब ८० वर्षपछि नवलपरासीको पृथ्वीचन्द्र अस्पतालमा फार्मेसी सेवा सुरु भएको छ। 

पटक पटकको अथक प्रयासपछि मन्त्रालयले रकम उपलब्ध गराएपछि अस्पतालले फार्मेसी सेवा सञ्चालन गरेको हो। नाफामूलकभन्दा पनि सेवामूलक भावनाले फार्मेसी सेवा सञ्चालन गरिएको अस्पताल विकास समितिका अध्यक्ष सन्तोष श्रीवास्तवले जानकारी दिए। 

चौबिसै घण्टा र बाहिर औषधि पसलभन्दा सस्तो मूल्यमा औषधि उपलब्ध गराउने उद्देश्यले अस्पतालमै फार्मेसी सेवा सुरु भएको हो। यस अगावै अस्पतालले फार्मेसी सेवा सञ्चालन गर्न सकेको थिएन। 

यद्यपि ढिलै भएपनि अस्पतालभित्रै फार्मेसी सेवा सुरु हुनाले बिरामीलाई निकै सजिलो हुने अपेक्षा गरिएको छ। अस्पतालभित्र अन्य सेवा भएपनि फार्मेसी सेवा नभएको कारणले बिरामीलाई औषधि लिनका लागि अस्पतालबाहिर भएको क्लिनिकमा जानुपर्ने बाध्यता रहँदै आएको थियो।

तर अब बाहिरभन्दा सस्तो र अस्पताल परिसरभित्रै चौबिसै घण्टा सेवा सञ्चलान हुने यस फार्मेसीका कारण बिरामीलाई थप सहजता हुने छ। 

हालै मात्र ५० श्ययाको क्षमता विस्तार भएको यस अस्पतालमा दिनहुँ करिब १५० जना बिरामी आउने गरेका छन्। अस्पतालमा ५३ जना जनशक्तिको दरबन्दी भएपनि हाल २१ जना मात्र जनशक्तिले काम चलाउनु पर्दा प्रभावकारी सेवा प्रवाह गर्न कठिनाइ हुँदै आएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell