PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

पाँचथरमा पहिरोमा परी एक जनाको मृत्यु, पाँच बेपत्ता



रासस

पाँचथरमा पहिरोमा परी एक जनाको मृत्यु, पाँच बेपत्ता

पाँचथर : पाँचथरको फालेलुङ गाउँपालिका–२ चुक्पादिनमा आएको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने तीनवटा घर पुरिएका छन्। 
पहिरोले पुरिएर ८० वर्षीय त्रिलोचन विकको मृत्यु भएको हो।घरमाथिबाट आएको पहिरोले पुरेर उनको मृत्यु हुनुका साथै उनको घर पनि बगाएको प्रहरीले जनाएको छ।

सोही स्थानका घाँस काट्न गएका दुई जना पनि अहिलेसम्म सम्पर्कविहीन भएका बताइएको छ। सोही स्थानका कमल जबेगुको घर र खेत तथा निलु बानियाँको घर बगाएको प्रहरीले जनाएको छ।

यसैगरी फालेलुङ गाउँपालिका–३ ताङ्लेपास्थित नेवा खोलामाथि पहिरोमा परी तीनजना बेपत्ता भएका छन्। बेपत्ता हुने स्थानीय विष्णु राई उनकी छोरी सुस्मिता र नातिनी रहेको स्थानीय दीपेन्द्र चौहानले जानकारी दिए। 

आफ्नै घरमाथिबाट झरेको पहिरोले विद्युत् गृह कुर्न बसेका उनीहरुलाई बगाएर बेपत्ता बनाएपछि अहिले जोरपोखरी प्रहरी चौकी र भैरवी दल गणको टोली र स्थानीयवासी मिलेर बेपत्ताहरुको खोजी भइरहेको भैरवी दल गण ओदिन ब्यारेकका गणपति शिवराम पन्तले जानकारी दिए। 

पहिरोले राईको घर र गोठमा रहेको एक हल गोरु पनि बगाएको जनाइएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell