२५ वर्ष लामो बलिउड यात्रामा अभिनेता अक्षय कुमारले हरेक जनराको फिल्ममा काम गरे। रोम्यान्टिक, एक्शन, थ्रिलर, कमेडी वा अन्य केही उनले हरेकमा आफूलाई कुशल अभिनेता साबित गरेका छन्। जसमध्य पनि उनका केही रोम्यान्टिक कमेडी फिल्मले बलिउडमा फरक धार स्थापना र सिक्वेल ट्रेन्डलाई निरन्तर बनायो।
शुक्रबारबाट उनको नयाँ रोम्यान्टिक कमेडी 'ट्वाइलेट एक प्रेमकथा' सार्वजनिक भएको छ। फिल्मको बक्सअफिस रिपोर्ट र क्रिटिक्श रिभ्यू आउनुअघि यहाँ प्रस्तुत छन् उनका सम्झन लायक रोम्यान्टिक कमेडीको सूची:
१. नमस्ते लन्डन
सन् २००७ मा सार्वजनिक फिल्म हो नमस्ते लन्डन। निर्देशन गरेका थिए विपूल अमुर्तल शाहले। फिल्ममा देखिए अक्षय कुमार र कट्रिना कैफ। अक्षय कुमारको पञ्जावी भूमिका र कमेडी संवादहरुले फिल्मलाई सम्झन लायक बनायो।
२. सिङ इज किङ
सिङ इज किङमा पनि पञ्जावी लुक्समै देखिएका थिए अक्षय। रोम्यान्टिक कमेडीमा रुचाइएका जोडी अक्षय र कट्रिना नै देखिए तर फिल्मको कथा र विषय उठान फरक थियो। अस्ट्रेलियन अन्डरवल्डको सरदारजीको भूमिकामा देखिएका उनले दर्शकलाई मस्त हँसाए।
३. देशी ब्वाइज
अक्षय कुमारको अर्को कमेटी रोमान्टिक जनराको फिल्म हो 'देशी ब्वाइज'। उनीसँगै देखिएका थिउ जोन अब्राहम। हाउस मेट्स र मिल्ने साथीको कथा बोक्ने फिल्मले हँसाउन कुनै कसर छोड्दैन साथै प्रेमकथा पनि प्रस्तुत गर्छ।
४. मुझ्से सादी करोगी
सन् २००४ मा फरक धारको फिल्मको रुपमा सार्वजनिक भयो मुझ्से सादी करोगी। एक्शन, रोम्यान्टिक फिल्महरु प्रदर्शन भैरहँदा रोम्यान्टि कमेडी फिल्म निर्माण गरेका थिए साजिद नाडिएडवालाले। डेभिड धवन निर्देशित फिल्ममा अक्षयसँगै सलमान खान र प्रियङ्का चोपडाको अभिनय रहेको छ।
५. हाउसफूल
२०१० सार्वजनिक हाउसफूल कमेडी र रोमान्स मिश्रित फिल्म हो। क्रिटिक्सबाट औसत रेस्पोन्स पाएर पनि दर्शकमाँझ चर्चा बटूल्न सफल रह्यो। मल्टिस्टारर फिल्ममा रितेश देशमुख, अर्जुन रामपाल थिए। जसमध्ये पनि अक्षय कुमारको भूमिकालाई धेरैले रुचाए र उनी चर्चामा रहे।