PahiloPost

Jun 24, 2025 | १० असार २०८२

प्रधानमन्त्रीको सक्रियतामा डाक्टर 'गोविन्द केसीले अनसन तोड्दै'



पहिलोपोस्ट

प्रधानमन्त्रीको सक्रियतामा डाक्टर 'गोविन्द केसीले अनसन तोड्दै'

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिविका पूर्व उपकूलपति प्राध्यापक केदारभक्त माथेमाको प्रतिवेदनको मर्म नमर्ने गरी चिकित्सा शिक्षा विधेयक अगाडि बढाउन निर्देशन दिएका छन्। अनसनरत प्राध्यापक गोविन्द केसीका प्रतिनिधि, संसदीय समितिका सभापति, शिक्षा र स्वास्थ्य मन्त्रीहरु तथा केसीका प्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन्।

'बैठक सकारात्मक भयो। प्रधानमन्त्रीले माथेमा प्रतिवेदनको मर्म नमर्ने गरी चिकित्सा शिक्षा विधेयक पास गर्न निर्देशन दिनुभयो,' बैठकमा सहभागी डाक्टर केसीका प्रतिनिधि डाक्टर वाइ पी सिंहले भने, 'हामीले प्रधानमन्त्रीको निर्देशन सकारात्मक रुपमा लिएका छौं। तीन बजे बस्ने संसदीय समितिको बैठकले प्रधानमन्त्रीको निर्देशन पालना गर्छ। प्रधानमन्त्रीले भनेजस्तै भयो भने अनसन पनि तोडिन्छ।'

प्रधानमन्त्री देउवाले आज बैठक बोलाएका थिए। बैठकमा देउवाले माथेमा प्रतिवेदनके मर्म नमर्ने गरी चिकित्सा शिक्षा विधेयक अघि बढाउन संसदको महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिको कार्यदललाई निर्देशन दिएको हुन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा चिकित्सा शिक्षा विधेयक हेरिरहेको संसदीय समितिअन्तर्गतको कार्यदल, समितिका सभापति रञ्जु झा, शिक्षा मन्त्री गोपालमान श्रेष्ठ, स्वास्थ्य मन्त्री, गिरिराजमणि पोखरेल, पूर्व स्वास्थ्य मन्त्री गगन थापा, शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ, स्वास्थ्य सचिव किरण रेग्मी उपस्थित थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell