PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

बर्दिवासस्थित राष्ट्रिय वाणिज्य बैंकका दुई कर्मचारी पक्राउ, नक्कली चेक प्रयोग गरी रकम निकालेको आरोप



रासस

बर्दिवासस्थित राष्ट्रिय वाणिज्य बैंकका दुई कर्मचारी पक्राउ, नक्कली चेक प्रयोग गरी रकम निकालेको आरोप

गौशाला :  नक्कली चेक प्रयोग गरी सेवाग्राहीका ४० लाख रुपैयाँ निकालेर हिनामिना गरेको आरोपमा प्रहरीले महोत्तरी बर्दिवासस्थित राष्ट्रिय वाणिज्य बैंकका दुईजना कर्मचारीलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा बैंकका बर्दिवासका वरिष्ठ सहायकद्वय बर्दिवास नपा– ८ का ४८ वर्षीय जगदीश काफ्ले र काभ्रेपलाञ्चोक धुलिखेल नपा– ११ का ३५ वर्षीय अम्बिका पौडेल छन्।  

पक्राउ परेका दुबै जनाले महोत्तरी साँढा– २ घर भई हाल नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय विराटनगरमा कार्यरत इञ्जिनियर श्रीप्रकाश नारायण सिंहको नाउँमा उक्त बैंकमा रहेका बचत खाता नम्बर ८०३९४ बाट नक्कली चेक प्रयोग गरी २० लाख झिकेर हिनामिना गरेका छन्। 

त्यस्तै नक्कली चेककै प्रयोग गरी सर्लाही लालबन्दीस्थित बैंकबाट पाँच लाख तथा सिरहा मिर्चैयास्थित राष्ट्रिय वाणिज्य बैंकबाट पनि १५ लाख निकालिएको आरोपमा दुबै जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु  गरिएको प्रहरीले जनाएको छ।

उनीहरुले बदनियतपूर्वक आफ्नो खाताबाट रकम झिकेको भन्दै इञ्जिनियर सिंहले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा निवेदन दिएपछि प्रहरीले दुबै जनालाई पक्राउ गरेको हो। 

पक्राऊ परेका दुबै जनाले आफूसहित यस कार्यमा अन्य पाँचजना कर्मचारी पनि संलग्न रहेको बयान दिएका छन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell