PahiloPost

Jun 24, 2025 | १० असार २०८२

सुरु हुँदै प्रिमियर लिग, पहिलो खेलमा आर्सनलल र लेस्टर भिड्दै



पहिलोपोस्ट

सुरु हुँदै प्रिमियर लिग, पहिलो खेलमा आर्सनलल र लेस्टर भिड्दै

२५औं संस्करणको प्रिमियर लिग आज रातीबाट सुरु हुँदैछ। सन् १९२९-९३ बाट सुरु भएको आधुनिक प्रिमियर लिगले यसपटक रजतजयन्ती मनाउँदैछ।

विश्वकै चर्चित क्लब फुटबल लिग मानिने प्रिमियर लिग अन्तर्गत यस पटक लण्डन क्लब आर्सनल र लेस्टर सिटी पहिलो खेलमा भिड्दैछन्। यी दुईबीचको खेल नेपाली समय अनुसार आज राती साढे १२ बजे आर्सनलकव घरेलु मैदान एमिरेट्स स्टेडियममा हुँदैछ।

लेस्टरले दुई वर्षअघि अप्रत्यासित रुपमा प्रिमियर लिग च्याम्पियन बन्दै सबैलाई आश्चर्यमा पारेको थियो। आर्सनलले भने सन् २००३-०४ यता प्रिमिययर लिगको उपाधि जित्न सकेको छैन।

चेल्सी प्रिमियर लिगको डिफेण्डिङ च्याम्पियन हो भने न्यूकासल युनाइटेड, ब्राइटन एण्ड होभ अल्वियन र हडल्सफिल्स टाउन तीन नवप्रवेशी टोली हुन्।

यस्तै भोली शनिबार पहिलो चरणका ९ खेल हुनेछन्।
 

आधुनिक प्रिमियर लिग म्यानचेष्टर युनाइटेडले सर्वाधिक १३ पटक जितेको छ भने चेल्सीले ५, आर्सनलले ३ तथा म्यानचेष्टर सिटीले पटक जितेको छ।

ब्ल्याकवर्न रोभर्स र लेस्टर सिटी समान एक पटक च्याम्पियन भएका छन्।

यसपटक डिफेण्डिङ च्याम्पियन चेल्सीसँगै दुई म्यानचेष्टर क्लब युनाइटेड र सिटी, आर्सनल, टोटनहम र आर्सनललाई उपाधि दाबेदारका रुपमा हेरिएको छ। यस्तै ट्रान्सफरमा सक्रिए रहेको एभरटन ठुला क्लबलाई चुनौती दिने तयारीमा छ।

 

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell