
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले यही अगस्टमा घरेलु मैदानमा हुने साफ यू-१५ को लागि टिकट मूल्य तोकेको छ।
यही अगस्ट १८ देखि २७ सम्म हुने च्याम्पियनसिपका लागि एन्फाले दुई खालका टिकट मूल्य तोकेको हो। एन्फाका अनुसार टिकटको मूल्य साधारण प्यारापिट तर्फ २ सय र भिआइपी प्यारापिटतर्फ ५ सय छ।
मैदानमै गएर फुटबल हेर्न चाहने दर्शकहरुले इसेवामार्फत टिकेट किन्न सक्नेछन्।
आयोजक नेपालसहित सहभागी ६ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ। च्याम्पियनसिपमा नेपाल भारत र माल्दभ्स समूह बी मा छ भने बंगलादेश, भुटान र श्रीलंका समूह ए मा छ।
१० मध्ये दोस्रव सेमिफाइनल र तेस्रो स्थानको लागि हुने खेलबाहेक ८ खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ र भने दुई खेल एपीएफको हलचोकमा हुनेछ।