PahiloPost

Sep 7, 2026 | २२ भदौ २०८३

दक्षिणी चीनको जलक्षेत्रमा ६.५ म्याग्नीच्युडको भूकम्प



रासस

दक्षिणी चीनको जलक्षेत्रमा ६.५ म्याग्नीच्युडको भूकम्प

बेइजिङ : दक्षिणी चीनको समूद्रको जलक्षेत्रमा ६.५ म्याग्नीच्युडको भूकम्प  गएकाे चिनियाँ भूकम्प सञ्जाल केन्द्रले जानकारी दिएको छ। 

भूकम्पको विस्तृत विवरण र क्षति सम्बन्धि कुनै समाचार भने हालसम्म प्राप्त भएको छैन। यसअघि गत मङ्गलबार रातिमात्र पनि चीनमा ७.० र ६.३ म्याग्नीच्युडका दुई वटा शक्तिशाली भूकम्पको धक्का आएको थियो। 

दक्षिणपश्चिमी चीनको सिचुयान प्रान्तमा गत मङ्गलबार राति गएको भूकम्पमा परी २० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो भने भूकम्पमा परी ४३१ जना घाइते भएका थिए। 

कतिपय घर र संरचना भत्किाएकाले भग्नावशेषमा मानिस खोज्ने क्रम अझै पनि जारी रहेको पनि अधिकारीहरुले जनाएका छन्। 

यसैबीच, सिचुवान क्षेत्र पर्टकीय इलाका भएकोले त्यहाँ रहेका ठूलो सङ्ख्याका पर्यटक अन्यत्रै लागेका छन्। त्यहाँबाट ६० हजार भन्दा बढी पर्यटक सो क्षेत्र छोडेर अन्त्रै लागेका समाचारमा जनाइएको छ। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell