
सप्तरी : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले २ नं प्रदेशमा स्थानीय निकायको निर्वाचनमा बढी बहुमत ल्याउन र आफ्नो बाहुल्यता बढाउन तीन ठूला दलले सत्ता र शक्तिको दुरुप्रयोग गरिरेहेको आरोप लगाएका छन्।
सप्तरीको राजविराज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले तीन ठूला दलले तेस्रो चरणको निर्वाचनमा प्रदेश नं. २ मा घेराबन्दी गरी निर्वाचन गराउन लागेका बताए।
अध्यक्ष यादवले तीन ठूला दलले प्रदेश नम्बर २ मा सत्ता शक्तिको जति दुरुपयोग गरेपनि अब हुने स्थानीय निर्वाचनमा आफ्नो पार्टी पहिलो स्थानमा आउने दाबी गरे।
उनले वर्तमान सरकारले संविधान संशोधन गरेर भएपनि राजपालाई निर्वाचनमा सहभागी गराउनुपर्ने बताए।
अध्यक्ष यादवले प्रदेशको निर्वाचन नगरी संसद्को निर्वाचनमा जानु ठिक नभएको भन्दै प्रदेशको निर्वाचनपछि मात्र संसंद्को निर्वाचन गराउनुपर्नेमा जोड दिए। रासस