PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

पहिरोका कारण जयपृथ्वी राजमार्गमा यात्रु जोखिममा यात्रा गर्न बाध्य



रासस

पहिरोका कारण जयपृथ्वी राजमार्गमा यात्रु जोखिममा यात्रा गर्न बाध्य

  • विनोदसिंह विष्ट 
बैतडी : बैतडीको खोड्पेसँग बझाङको चैनपुर जोड्ने जयपृथ्वी राजमार्गमा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। 

भिर, साँघुरो सडक, अनि ठूल्ठूला सवारी साधन चल्ने जयपृथ्वी राजमार्गको बैतडी र बझाङका विभिन्न ठाउँमा पहिरोको जोखिम रहेको छ। 
जसका कारण राजमार्गमा यात्रु डर र त्रासमा यात्रा गर्न बाध्य छन्। 

जयपृथ्वी राजमार्गअन्तर्गत पर्ने बैतडीको झौलेक, ज्यापु लगायतका ठाउँ र बझाङको जाल्याबगर, देउरा, देउलेक, रायल, बागथला र नारुगाडमा बेलाबेलामा खसिरहने पहिराले राजमार्ग अवरुद्घ हुने गरेको छ। 

बझाङलाई राजधानी काठमाडौं, धनगढी, महेन्द्रनगर जोड्ने एकमात्र राजमार्ग भएकाले यो मार्ग अवरुद्घ हुँदा धेरैलाई समस्या हुने गरेको छ।

पहिरोका कारण असारदेखि अहिलेसम्म १२ पटक जयपृथ्वी राजमार्ग अवरुद्घ भइसकेको छ। बैतडीको खोड्पेदेखि चैनपुरसम्मको जयपृथ्वी राजमार्गको कूल लम्बाइ १०८ किलोमिटर छ। 

कमजोर भौगर्भिक अवस्था र भिरालो भूबनौटका कारण जाने पहिरो तथा राजमार्गसँगै समानान्तर ढंगले निर्माण गरिएका विभिन्न शाखा सडकबाट बगेर आउने ढुंगामाटोले वर्षात्मा सडक बढी अवरुद्घ हुने गरेको डिभिजन सडक कार्यालयको भनाइ छ।

शाखा सडकबाट बगेर आएको माटो र ढुंगा थुप्रिएर बढी जसो राजमार्ग बिग्रने गरेको कार्यालय प्रमुख ललितजंग खनालले बताए। चीनको तिब्बतसँग जोडिँदै गरेको अन्तर्राष्ट्रिय सडक भनिएपनि राजमार्गको स्थिति भने कहालिलाग्दो छ। 

बैतडीको खोड्पेदेखि बझाङको चैनपुरसम्म १०८ किलोमिटर लम्बाइ रहेको यो सडकलाई विश्व बैंकको सहयोगमा ५ वर्षअघि कालोपत्रे गरिएको थियो । कालोपत्र गरिएको अधिकांश ठाउँमा उप्किएर बाटो कच्चीजस्तै बनेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell