PahiloPost

Sep 7, 2026 | २२ भदौ २०८३

छाउपडी प्रथा अन्त्य गर्ने कानूनी प्रावधानको फ्रान्सद्वारा स्वागत



रासस

काठमाडौँ  : नेपाल सरकारले छाउपडी प्रथाको अन्त्यका लागि हालै व्यवस्थापिका–संसद्बाट कानून पारित गरेकामा फ्रान्स सरकारले स्वागत गरेको छ। 

मानवअधिकारसम्बन्धी विश्वव्यापी आवधिक समीक्षाका बेला सन् २०१५ मा नेपालले गरेको प्रतिबद्धताअनुरुप उक्त कानून पारित भएको स्मरण गर्दै यहाँस्थित फ्रान्सेली राजदूतावासले महिलाविरुद्धका विभेद र हिंसालाई निमिट्यान्न पार्न आफ्नो मुलुक सधैँ प्रतिबद्ध रहेको जनाएको छ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell