काठमाडौं: २ दशक अघिबाट अभिनय यात्रा सुरु गरेका रमेश उप्रेती फिल्म 'ऐश्वर्य' मार्फत कमब्याक गर्दैछन्। केही समयको अमेरिका बसाई पछि उनी नेपाल फर्किएका हुन्। फिल्मबाटै उनी निर्माताको रुपमा पनि डेब्यु गरेका छन्।
शुक्रबार 'एश्वर्य'को पहिलो गीत सार्वजनिक भएको छ। 'मायाले जीवन भरिदिन सक्छु' बोलको गीत भिडियो सहित युट्युबमार्फत सार्वजनिक गरिएको हो। अर्जुन पोखरेलको शब्द र संगीत रहेको गीतमा सुगम पोखरेल र अन्जु पन्तले स्वर दिएका छन्।
लक्ष्मी पूजाको अवसर पारेर कार्तिक २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई प्रचारको पहिलो माध्यम बताएका छन् फिल्मका नायक एवं निर्माता रमेश उप्रेतीले। भने,'यो मेरो कमब्याक हो। निर्माताको रुपमा राम्रो प्रयास र अभिनेताको रुपमा आवश्यक सुधार गर्ने प्रयास गरेको छु।' उनले आफूमा आएको निखारता गीतको भिडियोमा पनि देख्न सक्ने बताए।
दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा बनेको फिल्ममा अभिनय क्षेत्रको दुई पुस्ता एकसाथ देखिएका छन्। वैश्णु देवि फिल्म ब्यानरमा प्रस्तुती रहेको फिल्मलाई किरण राणा उप्रेती, अर्जुन श्रेष्ठ र निर्मल शर्माले निर्माण गरेका हुन्। फिल्ममा कलाकारहरु रमेश उप्रेती, दीपिका प्रसाईं, केकी अधिकारी, प्रशान्त ताम्राकार, केशव भट्टराई, निर्मल शर्मा, अर्जुन जंग शाही, तेन्जु योन्जन, बिकास खतिवडा, अमृत पोखरेल, सुनिता ठाकुरको अभिनय रहेको छ। छायांकार सुदिप बरालले खिचेको फिल्ममा संगीत अर्जुन पोखरेल र बिराज गौतमले दिएका हुन् भने हिमाल केसीको द्वन्द्ध रहेको छ।
हेर्नुस् सार्वजनिक गीत: