PahiloPost

Jun 24, 2025 | १० असार २०८२

फिल्मको कमाई बारे अनावश्यक हल्ला गर्नेलाई जितु नेपालको व्यङ्ग्य



पहिलोपोस्ट

फिल्मको कमाई बारे अनावश्यक हल्ला गर्नेलाई जितु नेपालको व्यङ्ग्य

काठमाडौं: फिल्म प्रदर्शनमा आएको पहिलो दिन नै फिल्म हिट भएको र फिल्म सार्वजनिक भएको दिनदेखि हरेक दिन करोड कमाई गरेको भन्दै अनावश्यक हल्ला गर्नेलाई कलाकार जितु नेपालले व्यङ्ग्य गरेका छन्। उनले नेपालको हकमा फिल्मको कमाई बारे सक्रिय कलाकार, निर्मातालाई थाहा हुने जनाउँदै भने,'हरेक दिन करोडको धाक लाउनेको अवस्था बारे हाम्लाई थाहा छ।'

प्रचार र धाकको लागि श्रीमती र ससुरालीले नपत्याउने कलेक्शन रिपोर्ट सार्वजनिक नगर्न सुझाव दिंदै भने,'निर्माताको काम फिल्म क्षेत्रको खाल्डाखुल्डी पुर्ने हो। यस्तो सस्तो प्रचारले समस्या झन् गहिरो बनाउँछ।' उनले ब्लकबस्टर फिल्म छक्कापञ्जाको उदाहरण दिंदै भने,'छक्कापञ्जा'ले ग्रस कलेक्शनमा सर्वाधिक कमाउने रेकर्ड राख्दा त दीपकराज गिरी निराश हुनुभयो।'



जितु नेपालले हलमा देखिएको भिडलाई आधार बनाएर फिल्मको कमाई आंकलन नगर्न आग्रह गरे। उनले फिल्म प्रदर्शनको दिन देखिने भिडको वर्ड अफ माउथ कस्तो जान्छ भन्ने कुरा ध्यानमा राख्न आवश्यक भएको प्रस्ट पारे। 'तीन वर्ष लागेर बनाएको फिल्मलाई पत्रकारले ३ मिनेटमा खत्तम साबित गर्छन्। त्यसैले फिल्म निर्माण युनिटलाई राम्रो लागेर हुँदैन दर्शकलाई राम्रो लाग्न पर्छ।' उनले फिल्म हिट या फ्लपको निर्णय निर्माता वा मिडिया कोअडिनेटरले नभएर दर्शकले गर्न पर्ने जनाए।

उनको तर्क यस्तो छ- आजभोलि हरेक पात्रलाई लेखकले हिरो बनाइ दिन्छन्। अनि हरेक फिल्मलाई निर्माताले हिट बनाइ दिन्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell