PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

बम विष्फोटमा परी पाकिस्तानमा पाँच जनाको मृत्यु, २५ घाइते



रासस

बम विष्फोटमा परी पाकिस्तानमा पाँच जनाको मृत्यु, २५ घाइते

इस्लामाबादः पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा शुक्रबार भएको बम विष्फोटमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। विष्फोटमा परी मृत्यु हुनेहरू सवैजना पैदलयात्री रहेका बताइएको छ। 

सडकको छेउमा विष्फोटक पदार्थ राखेर रिमोर्टमार्फत् लडाकूहरूले विष्फोट गराएको बताइएको छ। घाइते सवैलाई विभिन्न स्थानीय अस्पतालहरूमा भर्ना गरिएको छ ।
घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको अस्पताल श्रोतले जनाएको छ।अहिलेसम्म घटनाको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन।रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell