
स्याङ्जा : स्याङ्जाको मालुंगामा शुक्रबार अपराह्न ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
वडा प्रहरी कार्यालय वालिङका अनुसार पोखराबाट बुटवल गइरहेको ना ३ ख ५५४६ नम्बरको ट्रक गल्याङ नगरपालिका–१ मालुंगा कुनौटास्थित सिद्धार्थ राजमार्गमा दुर्घटना भएको हो।
दुर्घटनामा स्याङ्जा, वालिङ नगरपालिका–१४ घर भई कपिलवस्तु वाणगंगा–२ बस्ने अन्दाजी ७५ वर्षीया जानकी थापा मगर र कृष्णबहादुर थापाको मृत्यु भएको हो। घाइतेहरुको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ।रासस