PahiloPost

May 23, 2025 | १० जेठ २०८२

वाणिज्य मन्त्री भन्छन्–प्रधानमन्त्रीको भारत भ्रमणअघि निर्वाचनको मिति घोषणा 



रासस

वाणिज्य मन्त्री भन्छन्–प्रधानमन्त्रीको भारत भ्रमणअघि निर्वाचनको मिति घोषणा 

काठमाडौँ  : वाणिज्यमन्त्री मीन विश्वकर्माले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणअघि नै निर्वाचनको मिति घोषणा हुने बताएका छन्।

रिपोर्टर्स क्लबको साक्षात्कारमा मन्त्री विश्वकर्माले देश र प्रतिनिधिसभाको निर्वाचन एकैदिन गर्न निर्वाचन आयोगले सहमति दिनासाथ मिति घोषणा गर्ने गरी तयारी भएको बताए। 

उनले भने,‘निर्वाचन संविधानद्वारा निर्दिष्ट समयसीमाभित्र गर्न सरकार प्रतिबद्ध छ, माग ७ गते सबै चुनाव सक्नुपर्ने समयसीमा रहेकाले प्राकृतिक कारण मंसिर १० गतेसम्म दुवै निर्वाचन सक्नैपर्ने बाध्यात्मक परिस्थिति छ।’

नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले संविधान संशोधन प्रस्ताव एमालेसँग परामर्शबिना आएकाले कुनै हालतमा पारित हुन नदिने बताए।
 
नेकपा माओवादी केन्द्रका नेता अजयशंकर नायकले संविधान संशोधनको दोस्रोपटक पेश भएको प्रस्ताव एमालेको सहमतिमा ल्याइएको दाबी गरे। उनले भने,‘राष्ट्रिय मुद्दामा प्रतिपक्ष दलले पनि सकारात्मक भूमिका खेल्नुपर्छ, राजपालाई निर्वाचनका लागि सहमत गराउनु प्रतिपक्षको कर्तव्य हो।’

राष्ट्रिय जनता पार्टीका नेता महेन्द्रराय यादवले विरोधमा रहेका एमालेलगायतका दलको सहमतिमा संविधान प्रस्ताव पारित हुने विश्वास व्यक्त गरे। प्रधानमन्त्री देउवा भदौ ७ गते भारत भ्रमणमा जाने सम्भावित मिति तय गरिएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell