PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

पहिरोले गोरखाको आरुघाटका ६५ घरधुरी विस्थापित



रासस

गोरखा : गोरखाको आरुघाट गाउँपालिका–१ मान्वु स्यामचेतका ६५ घरधुरीले गाउँ छाडेका छन्। मचाङ सामुदायिक वन पुल्चोङ डाँडाबाट निरन्तर झरेको पहिरो गाउँमाथि आएपछि बासिन्दालाई सुरक्षित स्थानमा सारिएको हो।

साउन २४ गतेदेखि नै पहिरो खस्न सुरु गरे पनि आज बिहान अविरल वर्षासँगै पहिरो झर्ने क्रमः बढेपछि घर जोखिममा परेको हो। स्थानीय सिद्धार्थ वनस्थली निमाविका शिक्षक जीतबहादुर गुरुङका अनुसार सुनराम गुरुङ, बुद्धे लामा, पूर्णबहादुर लामालगायतको घरमाथि पहिरो आइपुगेको छ। 

पहिरोका बीच भागबाट पानीको मूल फुटेपछि माटोसहितको लेदोले गाउँलाई थप जोखिममा पुर्याएको छ। गाउँदेखि करिब २५० मिटरमाथिको डाँडाबाट पहिरो झरिरहेको छ। पहिरासँगै ठूला ढुंगा पनि झरेकाले गाउँका १५० भन्दा बढी घर उच्च जोखिममा रहेको शिक्षक गुरुङले बताए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell