PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

आफैंले बनाउँदै गरेको बम विष्फोट हुँदा अफगानिस्तानमा ३० तालिबान लडाकुको मृत्यु



रासस

आफैंले बनाउँदै गरेको बम विष्फोट हुँदा अफगानिस्तानमा ३० तालिबान लडाकुको मृत्यु
फोटो श्रोतः greaterkashmir.com

अफगानिस्तान : अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा आफैंले बनाउदै गरेको बम विष्फोट हुँदा कम्तीमा ३० तालिबान लडाकु मारिएका छन् । 
बाला बुलुक जिल्लाको पेवा पासे इलाकामा बिहीबार बिष्फोट भएको थियो। तालिबान आतङ्ककारी समूहले सुरक्षाबलको नासिर मेरीमा रहेको आखडालाई आक्रमण गर्ने योजना बनाइरहेको बेला सो विष्फोट भएको थियो।

आत्मघाती आक्रमणका लागि ज्याकेट तयार गर्दै गरेका बेला विष्फोट भएको बताइएको छ। तर त्यसका बारेमा तालिबानले केही बताएको छैन।

अफगानिस्तानका विभिन्न इलाकामा गत अप्रिलबाट भीषण आक्रमण गर्दै आएका तालिबान आतङ्ककारी समूहले गरेको आक्रमणमा परी सयौँ व्यक्तिको मृत्यु हुनुको साथै हजारौँ घाइते भएका छन्। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell