PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

नेकपा एमालेले सरकारलाई भन्यो-चिकित्सा विधेयक छिटो पारित गरियोस्



रासस

नेकपा एमालेले सरकारलाई भन्यो-चिकित्सा विधेयक छिटो पारित गरियोस्

काठमाडौँ : नेकपा एमालेले व्यवस्थापिका–संसद्मा विचाराधीन चिकित्सा शिक्षासम्बन्धी विधेयक छिटोभन्दा छिटो पारित गर्न सरकारसँग माग गरेको छ। 

पार्टी अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको स्थायी कमिटीको बैठकले विधेयकसँग सम्बन्धित विभिन्न माग राखी अनशनमा बसेका  प्रा डा गोविन्द केसीका मागका सन्दर्भमा बैठकमा छलफल हुँदा सरकारको निष्क्रियताका कारण विधेयक पारित हुन ढिलाइ भएको जिकिर गरेको छ। 

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, “सरकार स्वयंको अकर्मण्यता र दिशाहीनताका कारण आजसम्म पनि विधेयक पारित भएको छैन। यस सम्बन्धमा सरकार र सत्ता गठबन्धनको द्वैध चरित्रप्रति बैठकले गम्भीर आपत्ति प्रकट गरेको छ।” 

एमालेले सो विषयमा आफ्नो दायित्व पूरा नगर्ने र अरु दललाई अनावश्यक लाञ्छित गर्ने काम भएको भनी आपत्ति जनाएको छ। प्रा डा केसी र उनका प्रतिनिधिसँग वार्ता गरी उचित ढंगले समस्याको समाधान गर्न बैठकले सरकारको ध्यानाकर्षण गराएको पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell