PahiloPost

Mar 18, 2026 | ४ चैत्र २०८२

नयाँ शक्तिले सोध्यो देवेन्द्र पौडेलसहितका नेतालाई २४ घण्टे स्पष्टीकरण 



रासस

नयाँ शक्तिले सोध्यो देवेन्द्र पौडेलसहितका नेतालाई २४ घण्टे स्पष्टीकरण 

काठमाडौँ : नयाँ शक्ति पार्टी, नेपालले पार्टीका नेता देवेन्द्र पौडेललगायतका १५ जना नेतालाई पार्टी हितविपरीत कार्य गरेको भन्दै २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ। 

पार्टीका संयोजक डा बाबुराम भट्टराईले विज्ञप्ति जारी गरी पार्टीका संघीय परिषद् सदस्य पौडेलसहित १५ जनाले बिहीबार पत्रकार सम्मेलन गरी पार्टीको विचार, नेतृत्व र कार्यदिशाका बारेमा विभिन्न भ्रामक धारणा सार्वजनिक गरेको उल्लेख छ। 

विज्ञप्तिमा उनीहरुको राजनीतिक उद्देश्य र नियतप्रति पार्टीलाई गम्भीर आशंका उत्पन्न भएको जनाइएको छ। 

विज्ञप्तिमा भनिएको छ, “पार्टी र उहाँहरुको बुझाइबीच कुनै जोड कोणको भिन्नता रहेछ भने छलफल गर्न सकिन्छ। अन्यथा पार्टीको वैकल्पिक राजनीतिक चरित्र र पार्टी हितविपरीत हुने कुनै क्यारियरिष्ट तथा अवसरवादी सोंचलाई पार्टीले सहन गर्न सक्ने छैन।” 

भर्खरै सम्पन्न पार्टीको संघीय परिषद् बैठकमा १५ जना नेताहरुले कुनै फरक धारणा दर्ज नगराउनुभएको तथा पार्टी संयोजकका तर्फबाट प्रस्तुत राजनीतिक प्रतिवेदनप्रति पूर्ण सहमति जनाएको विज्ञप्तिमा जनाइएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell