PahiloPost

Sep 7, 2026 | २२ भदौ २०८३

सर्वोच्च अदालतले दियो २ सय ७२ अधिवक्तालाई वरिष्ठको उपाधि



रासस

सर्वोच्च अदालतले दियो २ सय ७२ अधिवक्तालाई वरिष्ठको उपाधि

काठमाडौँ : सर्वोच्च अदालतको बिहीबारको पूर्ण बैठकले २७२ अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरेको छ। 

अदालतले नेपाल कानून व्यवसायी परिषद् ऐनअनुसार ती अधिवक्तालाई वरिष्ठ अधिवक्ता दिएको अदालतका प्रवक्ता नारायणप्रसाद पन्थीले जानकारी दिए।

वरिष्ठ अधिवक्ताको उपाधि पाउनेमा नेपाल बार एसोसिएनका अध्यक्ष शेरबहादुर केसी र उपाध्यक्ष उषा मल्ल पाठक, महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठ, विजयकान्त मैनाली, बाबुराम कुँवर, शैलेन्द्र दाहाल, अनिता सापकोटा, डा चन्द्रकान्त ज्ञवाली, युगनाथ लम्साल, विश्व घिमिरेलगायत छन्। 

वरिष्ठ अधिवक्ता उपाधिका लागि १५ वर्षसम्म निरन्तर वकालत गरेको, न्याय क्षेत्रमा योगदान पुर्याएको, इमान्दार कानुन व्यवसायी भई नागरिक र राष्ट्रलाई नै योगदान पुर्याएको हुनुपर्ने व्यवस्था छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell