PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

प्रिमियर लिग : वैकल्पिक खेलाडीको गोलमा आर्सनलको जित



पहिलोपोस्ट

प्रिमियर लिग : वैकल्पिक खेलाडीको गोलमा आर्सनलको जित

वैकल्पिक खेलाडीद्वय आरोन राम्सी र ओलिभर जिरुड दोस्रो हाफमा गोल गरेपछि आर्सनलले जितबाट यस सिजनको प्रिमियर लिगको सुरुवात गरेको छ।

घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलमा आर्सनलले लेस्टर सिटीलाई ४-३ ले पराजित गर्दै ३ अंक जोडेको हो।

खेलमा पहिले अग्रता लिएरपनि दुईपटक पछि परेको आर्सनललका लागि राम्सी र जिरुडले दुई मिनेटको अन्तरमा गोल गर्दै जित दिलाए। त्यसअघि जेमी भार्डीले दुई गोल गर्दा दुई वर्षअघिको च्याम्पियन लेस्टरले अग्रता लिएको थियो। तर उनको दुई गोल खेल जित्न पर्याप्त रहेन।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ २-२ को बराबरीमा सकिएको थियो।

यसै सिजन फ्रान्सेली क्लब लियोनबाट कीर्तिमानी रकममा लण्डन क्बल पुगेका अलेक्जान्डर लाकाजेटेले खेलको दोस्रो मिनेटमै गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। तर उक्त अग्रता लामो समय टिकने। पाँचौ मिनेटमै सिन्जी ओकाजाकीले बराबरी गोल फर्काए।

२९ औं मिनेट जेमी भार्डीले व्यक्तिगत पहिलो गोल गरेपछि लेस्टरले २-१ को अग्रता बनायो। पहिलो हाफको इन्जुरी टाइमको अन्त्यतिर ड्यानी वेलब्याकले गोल गर्दै २-२ को बराबरी गरे।

दोस्रो हाफमा लेस्टरले पहिले गोल गर्‍यो। भार्डीले ५६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि लेस्टरले ३-२ को अग्रता बनायो। अन्तिम ७ मिनेटसम्म लेस्टरले उक्त अग्रता कायम राखेको थियो।
 

तर ६७औं मिनेटमा एकैपटक मैदान प्रवेश गरेका राम्सी र जिरुडले गोल गरेपछि लेस्टरको केही लागेन। ८३औं मिनेटमा रास्सीको गोल मार्फत आर्सनलले खेल बराबरी गर्‍यो। त्यसको दुई मिनेटपछि नै सुपर सब जिरुडले शानदार हेड गोल गरेपछि आर्ससले ३ अंक पक्का गरेको हो।

प्रिमियर लिग अन्तर्गत आज ७ खेल हुँदैछन्।

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell