PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

बाढीले माडीमा पुल बगायो, यातायात अवरुद्ध, ३० घर डुबानमा



राजेन्द्र आचार्य

बाढीले माडीमा पुल बगायो, यातायात अवरुद्ध, ३० घर डुबानमा

चितवन : बाढीले चितवनको माडीको चितै पुल बगाएपछि सडक अवरुद्ध भएको छ। शुक्रबार साँझ देखि परेको झरीपछि आएको बाढीले पुल बगाएपछि यातायात सेवा अवरुद्ध बनेको छ।

बाढीले माडीको गटुवा, बनकट्टा, कुन्तीपुर, सन्तपुर लगाउतका ठाउँमा करिब ३० भन्दा बढि घर डुबानमा परेका छन्। मानवीय क्षती भने नभएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। वडा न १, २, ४ र ६ नम्बर वडामा बाढीले क्षती पुर्‍याएको हो।

यसैबीच प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख दिपक, माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकाल र जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय चितवनका प्रमुख शालीग्राम पौडेल स्थलगत अवलोकनका लागि बाढी प्रभावित क्षेत्र माडीतर्फ लागेकाछन्।

स्थलगत अवलोकन पछि मात्र बाढी प्रभावितहरुका लागि तत्काल के सहयोग गर्न सकिन्छ भन्ने कुरा बताउन सकिने प्रमुख जिल्ला अधिकारी नारायण भट्टले जानकारी दिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell