PahiloPost

Mar 30, 2026 | १६ चैत्र २०८२

आरति र बिबेक नेक्स्ट सुपर टप्स मोडल नेपाल-२०१७ को बिजेता



पहिलोपोस्ट

आरति र बिबेक नेक्स्ट सुपर टप्स मोडल नेपाल-२०१७ को बिजेता

काठमाडौँ : नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१७ को उपाधि आरति लामिछाने र बिबेक शाहले जितेका छन्।

मोडल सङस नेपाल प्रालिले आयोजनामा राष्ट्रिय नाचघर जमलमा भएको प्रतियोगितामा सात अन्य प्रतिस्पर्धिलाई पछि पार्दै आरति लामिछानेले बिजेताको ताज चुम्न सफल भइन् फर्स्ट रनरअप सम्झना रेग्मी र सेकेण्ड रनरअपमा जेनिशा श्रेष्ठ भए।

त्यसैगरी पुरुषतर्फ आठ प्रतिस्पर्धिलाई पछि पार्दै बिबेक शाह बिजेता बने भने फर्स्ट रनरअप उज्जल केसी र सेकेन्ड रनरअप सलमान अन्सारी भएका छन्।

प्रतिस्पर्धि युवा युवतीहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिएर उनिहरुको आत्माविश्वासलाई अझ मजबुत बनाइ आत्माबललाई उजागर गराउने कार्य गरेको आयोजक डेभिल सिंह राजपुतले बताए।

नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१७ को अन्तिम प्रतिस्पर्धामा संचारकर्मी तथा कलाकार सुर्य चन्द, गायक उदेश श्रेष्ठ, नायिका अनु शाह, शिक्षासेवि सुदन डोटेल र मोडल संजय राज बिक्रम निर्णायक मण्डलमा रहेर बिजेता घोषणा गरेका थिए।

भविष्यमा नेपालबाट अन्तर्राष्ट्रिय स्तरमा हुने विभिन्न प्रतिस्पर्धामा प्रतिनिधित्व गराउने उदेश्यले यस प्रतियोगिता आयोजना गरिएको मोडल सङस नेपाल प्रालिका प्रबन्ध निर्देशक डेभिल सिंह राजपुत बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell