PahiloPost

May 2, 2026 | १९ बैशाख २०८३

‘जोनी जेन्टलम्यान’को मोफसल यात्रा, चितवनमा फिल्मको प्रचार



पहिलोपोस्ट

‘जोनी जेन्टलम्यान’को मोफसल यात्रा, चितवनमा फिल्मको प्रचार

काठमाडौं: फिल्म ‘जोनी जेन्टलम्यान’ चितवनमा रहेर सामाजिक क्षेत्रमा काम गर्ने दुई जना समाजसेवीलाई सम्मान गर्‍यो। प्रचार प्रसारको लागि कार्यक्रम आयोजना गर्दै फिल्म युनिटले समाजसेवी तथा उद्योग वाणिज्य संघका चितवन अध्यक्ष राजन गौतम र समाजसेवी छाँया श्रेष्ठलाई जेन्टलम्यान क्लब विशेष सम्मान गरेको हो।



भदौ ३० गतेबाट प्रदर्शनमा आउने फिल्मले पहिलो प्रचारको काम चितवनबाट सुरु गरेको हो। फिल्म युनिटले प्रचारका लागि दर्शकसँगको प्रत्यक्ष भेटघाटलाई माध्यम बनाउँदा जोनी जेन्टलम्यानले पनि प्रचारका लागि मोफसल यात्रा सुरु गरेको हो। शुक्रबार फिल्मका मुख्य कलाकार पल शाह, आँचल शर्मा, निर्माताहरु एन्ड्रिउ पौडेल र अजय मल्लको टोली चितवनका दर्शकसँग प्रत्यक्ष रुपमा भेटे। फिल्म युनिटले पत्रकार भेटघाट कार्यक्रम समेत गरेको थियो। कार्यक्रममा फिल्म निर्माण युनिटले प्रोमोशनका लागि मोफसलका मिडियाको महत्व बारे कुरा गरे।



नितिन चन्दको निर्देशन रहेको ‘जोनी जेन्टलम्यान’मा हर्कुलेस बस्नेत, व्रिजेश श्रेष्ठ र स्वचित शाक्यको संगीत रहेको छ प्रशान्त तामाङको नृत्य निर्देशन तथा प्रकाश विक्रम शाहको द्धन्द्ध निर्देशन रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell