PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

प्रधानमन्त्रीले भने–‘बुद्धिजम’ले नेपाल श्रीलंका सम्वन्ध अझै प्रगाढ



पहिलोपोस्ट

प्रधानमन्त्रीले भने–‘बुद्धिजम’ले नेपाल श्रीलंका सम्वन्ध अझै प्रगाढ

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र श्रीलंकाबीचको पुरानो सम्वन्ध अझै सुमधुर हुदै गहिरहेको बताएका छन्। 

शनिबार विहान श्रीलंकाका परराष्ट्र राज्यमन्त्री वसन्त सेनानायकसँगको भेटमा प्रधानमन्त्री देउवाले ‘बुद्धिजम’ले पनि दुई देशबीचको सम्वन्धलाई थप प्रगाढ बनाउदै लगेको बतए। ‘नेपाल र श्रीलंकाबीच धेरै पुरानो सम्वन्ध छ, बुद्धको देश नेपाल भएकाले पनि श्रीलंकनहरुसँग हाम्रो आत्मियता छ। यसलाई अझै प्रगाण बनाउने गरी कनेक्टीभिटि बढाउनु पर्छ’ प्रधानमन्त्रीले भने, ‘नेपाल श्रीलंकासँगको सम्वन्ध अझै बढाउन चाहन्छ।’ 

प्रधानमन्त्रीले नेपालमा आएको भुकम्पको बेलामा श्रीलंकाले गरेको सहयोगको प्रशंसा पनि गरे। भेटमा नेपाल र श्रीलंकाबीचको व्यापार बृद्धिका विषयमा पनि छलफल भएको थियो। 

श्रीलंकाका परराष्ट्र राज्यमन्त्री वसन्तले दुई देशबीच व्यापार र पर्यटनमा थप बृद्धि गर्नुपर्ने बताएका थिए। ‘ठूलो संख्यामा श्रीलंकाली नेपाल घुम्न आउँछन्’उनले भने, ‘विशेषगरी लुम्विनीको लागि आउने संख्या निकै बढी छ, कनेक्टिभिटी बढाउने विषयमा दुई देशबीच सहकार्य आवश्यक छ।’

परराष्ट्र राज्यमन्त्रीले प्रधानमन्त्री देउवालाई श्रीलंका भ्रमणका लागि पनि आग्रह गरेका छन्। ‘हाम्रो राष्ट्रपतिले तपाईलाई छिट्टै श्रीलंका भ्रमणको औपचारिक निम्तो पठाउदै हुनुहुन्छ’ बसन्तले भने, ‘तपाई आउनुहुनेछ भन्ने हामीले आशा गरेका छौ।’

उनले नेपालको राजनीतिक परिवर्तनबाट श्रीलंकाले पनि पाठ सिक्न सक्ने बताए।   
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell