PahiloPost

Jun 24, 2025 | १० असार २०८२

रिलिज मितिको मुखमा फिल्म ‘धुम २’को नयाँ गीत



पहिलोपोस्ट

रिलिज मितिको मुखमा फिल्म ‘धुम २’को नयाँ गीत

काठमाडौं: फिल्म ‘धुम २’ को नयाँ गीत सार्वजनिक भएको छ। फिल्म भदौ ८ बाट प्रदर्शनमा आउँदैछ। प्रदर्शनको मुखमा प्रचारका लागि युनिटले दोस्रो गीत रिलिज गरेको हो। सिर्जना भट्टराईको र जय किशन बस्नेतको फिचरिङ सहितको ‘दिल बिचरा’ बोलको गीत भिडियो सहित युट्युबमार्फत सार्वजनिक भएको हो।

गीतमा स्वर टंक बुढाथोकी र संगीता तिमल्सिनाको रहेको छ। गायक टंककै संगीत रहेको गीतलाई दिनेश सुवेदीले लेखेका हुन्। लेखक, निर्माता, निर्देशक एवं नायक समेत रहेका जय किशनले नै गीतको भिडियो कोरियोग्राफ गरेका हुन्।

पर्व तीजलाई लक्षित गरी प्रदर्शनमा आउन लागेको यस फिल्ममा जय किशन बस्नेत, सिर्जना भट्टराई, रोहित रुम्बा, संजोग कोइराला, महिमा सिलवाल, शोभित बस्नेत लगायतका कलाकारले अभिनय रहेको छ। चलचित्रमा एनबि महर्जनको द्धन्द्ध, जिवन श्रेष्ठको छायांकन तथा तारा थापा किम्भेको सम्पादन रहेको छ।

हेर्नुस् गीतको भिडियो:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell