PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

चीनद्वारा दक्षिण सुडानलाई १५ सय टन चामल प्रदान



रासस

चीनद्वारा दक्षिण सुडानलाई १५ सय टन चामल प्रदान
फोटो श्रोतः chinatopix.com

दक्षिण सुडान:  चीन सरकारले दक्षिणी सुडानमा भोकमरी फैलिएपछि आकस्मिक रूपमा १५ सय टन चामल राहत स्वरुप प्रदान गरेको छ। 

चीनले गत अप्रिलमा आठ हजार आठ सय टन चामल द्वन्द्वग्रस्त पुर्वी अफ्रिकी मुलुकहरुलाई सहयोग स्वरुप प्रदान गर्ने प्रतिज्ञा गरेको थियो। 

दक्षिणी सुडानमा रहेको चिनियाँ दूतावासका एक जना उच्च अधिकारी लि छिङफेङले पहिलो चरणमा ६० कन्टेनर चामल यस अघि नै दक्षिणी सुडानको राहत तथा पुनःउद्दार आयोगलाई हस्तान्तरण गरेको जानकारी दिए। उनले  बाँकी चामल आगामी महिनासम्ममा आइसक्ने पनि बताए। 

चीन र दक्षिण सुडानको दुईपक्षीय सम्बन्धलाई चीनले निकै महत्व दिएको कुटनीतिक अधिकारीहरुको भनाई छ। दक्षिण सुडानमा तीन वर्ष भन्दा लामो समय चलेको द्वन्द्वबाट अहिले जनताले राहत महशुस गरिरहेका छन्। 

द्वन्द्वरत पक्षकाबीचमा गत सन् २०१५ को अगस्तमा शान्ति सम्झौता भएको थियो। राष्ट्रसङ्घीय प्रतिनिधिहरुको रोहबरमा भएको सम्झौतापछि संक्रमणकालिन संयुक्त सरकार बनेको थियो। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell