PahiloPost

Mar 18, 2026 | ४ चैत्र २०८२

युएईका विदेशमन्त्रीले भने-कतार संकटको कारक कतारी जनता होइनन् सरकार हो



रासस

युएईका विदेशमन्त्रीले भने-कतार संकटको कारक कतारी जनता होइनन् सरकार हो
फोटो श्रोतः arabnews.com

दुवई  :  संयुक्त अरब इमिरेट्स (युएई)का विदेश मामिला मन्त्री एन्वार गार्गासले कतार सङ्कट कतारका जनताको कारणले नभई कतार सरकारको गलत भूमिकाका कारणले उत्पन्न भएको बताएका छन्। 

विदेश मन्त्री गार्गासले कतारको कुटनीतिक दरारका बारेमा ट्विटरमा ‘पश्चातापपूर्ण तर सुधार्न सकिने’ लेखेका छन्। उनले भनेका छन्,‘राजनीतिक सङ्कट राजनीतिकज्ञहरुले नै समाधान गर्नुपर्दछ।’ 

गत जुन पाँच तारिखदेखि तीन वटा खाडी मुलुकहरु युएई, साउदी अरब र बहराइनसँगै इजिप्टले कतारसँगको सम्बन्ध विच्छेद गर्दै नाकाबन्दी गरेपछि कतारको कुटनीतिक सङ्कट उत्पन्न भएको हो। 

कतारले ‘आतङ्कवादीहरु’लाई सहयोग गरेको उनीहरुको आरोप छ। तर कतारले भने उनीहरुको आरोपलाई अस्वीकार गरेको छ। 

कतार सङ्कट समाधानका लागि भन्दै कुवेत, बेलायत र जर्मनीले धेरै प्रयास गरेपनि अहिलेसम्म उनीहरु सफल हुन सकेका छैनन्। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell