PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

सुनसरीमा बाढीले ठूलो मानवीय क्षति,  इटहरीमा भेटियो सात जनाको शव 



रासस

सुनसरीमा बाढीले ठूलो मानवीय क्षति,  इटहरीमा भेटियो सात जनाको शव 

विराटनगरः सुनसरीको इटहरी उपमहानगरपालिकाका विभिन्न स्थानमा अत्यधिक वर्षाका कारण आज पानीमा डुबेको अवस्थामा ७ जनाको शव फेला परेको छ। 

भोजपुर घर भई हाल इटहरी–४ को गौंरीगाउँमा डेरा लिई बस्ने माया राईका दुई सन्तान मृत अवस्थामा फेला परेका छन्। उनकी ८ वर्षीया छोरी रुप्सनी, तीन वर्षीय छोरा रुपेश मृत अवस्थामा फेला परेका पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ। 

त्यस्तै, इटहरी–४ को आइतबारे बस्ने वर्ष ४० का ईश्वर सुनवार, इटहरी–४ को गौंरीगाउँ बस्ने वर्ष ३० की माला साह, उनकी १० वर्षीया छोरी सिटी, इटहरी–२० मा बस्ने अन्दाजी ७५ वर्षीय एक वृद्ध र इटहरी–९ मा ३०/३५ वर्षकी एक महिलाको शव भेटिएको प्रहरीले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell