
काठमाडौ : देशका विभिन्न भागमा केही दिनदेखि परेको अबिरल वर्षाका कारण बाढी पहिरोमा परी २० जनाभन्दा बढीको मृत्यु भएको छ।
बाढी पहिरोबाट सुनसरीमा ६, सिन्धुलीमा ४, बाँकेमा ४, पाँचथरमा ४, झापामा १ र मोरङमा १, जनाको मृत्यु भइसकेको गृह मन्त्रालयका प्रवक्ता दिपक काफ्लेले जानकारी दिएका छन्।
बाढी पहिरोले सयौं घर, चौपाया, सडक र पुलसमेत बगाएको छ । मन्त्रालयका अनुसार बाढी पहिरोबाट झापा मोरङ, सुनसरी, सप्तरीलगायतका जिल्ला बढी प्रभावित भएका छन्।
गृह मन्त्रालयले प्रकोप क्षेत्रमा उद्धार र रातह वितरणका लागि काम गरिरहरेको जानकारी दिएको छ। बाढी पहिरोका कारण पूर्वमा सञ्चार सेवासमेत अवरुद्ध भएका कारण उद्धारमा समस्या परेको मन्त्रालयले जनाएको छ।