PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

बाढी पहिरो प्रभावितको उद्दार र राहत वितरणमा जुट्न प्रधानमन्त्रीको देशवासीलाई आग्रह



पहिलोपोस्ट

बाढी पहिरो प्रभावितको उद्दार र राहत वितरणमा जुट्न प्रधानमन्त्रीको देशवासीलाई आग्रह

काठमाडौंः  प्रधानमन्त्री शेरबहादुर देउवाले देशका विभिन्न भागमा बाढी पहिरोको चपेटामा परेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न र राहत उपलब्ध गराउन सम्वन्धित निकायलार्इ निर्देशन दिएका छन्। 

प्रधानमन्त्री देउवाले शनिबार विहानै बाढी–पहिरो प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई सम्पर्क गरी विपत्को चपेटामा परेका नागरिकलाई उद्धार, राहत र सुरक्षित स्थानमा स्थानान्तरणलगायत हरतरहको सहयोग प्रदान गर्न निर्देशन दिएका हुन्। 

शुक्रबारदेखि अविरल परेको भीषण वर्षाका कारण आएको बाढीले तराईका विभिन्न जिल्लामा दुई दर्जनभन्दा बढीले ज्यान गुमाएका छन्। 

बाढी  पहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि र तिनका परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै प्रधानमन्त्री देउवाले यो विपत्को घडीमा एक ढिक्का हुन सम्पूर्ण देशवासीलाई आग्रह गरेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell