
काठमाडौः अन्तराष्ट्रिय युवा दिवसको अवसरमा विभिन्न विधाबाट ४० युवा सम्मानित भएका छन्।
शनिवार राजधानीमा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय युवा परिषदद्वारा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो।
युवा प्रतिभा पहिचान प्रतियोगितामा वक्तित्वकलातर्फ ट्रिनिटी इन्टरनेशनल कलेज काठमाडौकी डेनिशा चौलागार्इं प्रथम स्थान हासिल गरि सम्मानित भएकी छन्।
त्यस्तै, दोस्रो स्थान ग्लोवल स्कुलकी रोजिना आचार्य, पृथ्वीनारायण क्याम्पस पोखराबाट विजया कुमारी भट्टरार्इ तृतीय भई सम्मानित भएकी छन्।
काठमाडौकी स्मारिका क्षेत्री, पाटन क्याम्पस ललितपुरकी रमा खड्का, ट्रिटोन कलेज काठमाडौका प्रदीप बस्नेत, एचआरआइटी एकेडेमी काठमाडौकी समीक्षा थापा, कम्फु एसोसियसन काठमाडौबाट दुर्गा जिसी, ललितपुर महानगरबाट आस्था अर्याल, चितवन भरतपुरकी तारा न्यौपानेले सान्त्वना स्थान हात पारि सम्मानित भएका छन्।
गायनतर्फ जया बहुमुखी क्याम्पस जोरपाटीबाट मुस्कान मुकारुङ राइले प्रथम स्थान हासिल गरि सम्मानित भएका छन्। दोस्रो स्थान अछामबाट सुरेश रावल तथा तृतीय भई नेपाल मेगा कलेजका डेकेन्द्र थापा सम्मानित भएका हुन्।
त्यसैगरी बारा जिल्लाबाट राकेश तामाङ, माधवी कलेजका रोमनजङग पाण्डे, लिटील एन्जल कलेज काठमाडौकी रुप्सना श्रेष्ठ, काभ्रेको बेसोर इन्टरनेशनल एकेडेमीबाट सुलोचना तिमल्सिना,हार्डफिल्ड एकेडेमीबाट निकिता लोहनी,एडमार्क एकेडेमी काठमाडौ बाट इच्छाकुमारी चुवान,न्यु समिट कलेज काठमाडौबाट अनिशा रसाइली सान्त्वना पुरस्कारबाट सम्मानित भएका छन्।
भिजन लेखनतर्फ शंकरदेव क्याम्पस काठमाडौबाट प्रदीप भट्टरार्इ प्रथम पुरस्कारबाट सम्मानित भएका छन्। दोस्रो स्थान जोरपाटीबाट रौनिकराज अर्याल तथा तृतीय रिलायन्स इन्टरनेशनल कलेज काठमाडौबाट सुवास रिसालले हात पारी पुरस्कृत भएका छन्।
त्यसैगरी भिजन लेखन विधामा सान्त्वनातर्फ पृथ्वीनारायण क्याम्पसबाट विकल्प ढुङगाना, एनआइसी कलेज काठमाडौबाट सुस्मिता श्रेष्ठ, सेनट्रल इन्ट्रिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी काठमाडौबाट आरती सुनार, क्याभियन भ्याली इन्टर नेशल कलेज ललितपुरबाट विशाल पोखरेल, उर्मिला गौतम, टाइम्स कलेज काठमाडौबाट सुकृति सुवेदी पिनाकल कलेज काठमाडौबाट सौरव न्यौपान पुरस्कृत तथा सम्मानित भएका छन्।
प्रथम स्थान हासिल गर्ने युवालाइ ५० हजार रुपैयाँ नगद तथा सम्मान पत्र प्रदान गरिएको छ ।
त्यस्तै दोस्रो स्थान हासिल गर्नेलाइ ३० हजार नगद ,तेस्रोलाइ २० हजार रुपैया नगद र सान्त्वना स्थान हासिल गर्नेलाइ १० हजार रुपैयाँ नगद तथा सम्मानपत्र राष्ट्रपतिको हातबाट प्रदान गरिएको हो।
राष्ट्रिय युवा सम्मानतर्फ विभिन्न विधामा १० युवाले सम्मान प्राप्त गरेका छन्। वातावरण संरक्षण युवा परिचालन विधामा वातावरण संरक्षण तथा मौलिक संस्कृतिको संरक्षण र प्रबर्द्धनमा योगदान पुर्याएवापत बर्दियाका हेमन्त आचार्य सम्मानित भएका छन्।
कृषि पर्यटनतर्फ माथिल्लो मनाङका समराज गुरुङ सम्मानित भएका छन्। मानसेवा र शिक्षा विधामा पुरानो सिनामंगलकी सविता उप्रेती अटिज्म भएका बालबालिकाको सेवा र सिप विकास गरेकोवापत सम्मानित भएकी छिन्।
सगरमाथा आरोहण गरेकी फुर्वा तेन्जिङ शेर्पा पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले सन् २०११ को honorary goodwill ambassador भइ योगदान गरेवापत सम्मानित भएकी छिन्।
लेखन तथा पत्रकारितातर्फ दोलखाका रोहित भण्डारीले लेखनद्वारा युवा वर्गमा सकारात्मक सोचको विकास गर्न भुमिका निर्वाह गरेवापत सम्मानित भए।
उद्यमशिलता विधामा बाराका सिकन्दरकुमार ठाकुर उच्च शैक्षिक योग्यता हाँसिल गरेर शैलुन सञ्चालनमार्फत युवाहरुमा श्रमप्रति सम्मान र उत्प्रेरणा जगाउने कार्य गरेवापत सम्मानित भएका हुन्।
स्वास्थ्य क्षेत्रमा नयाँ खोज र आविष्कार गरेवापत कालिकोटका बसन्त कुमार शाही तथा इन्जिनियरिङमा नयाँ खोज र आविष्कार गरेवापत दोलखाका रामु खत्री सम्मानित भएका छन्।
उद्यमशिलतामा विशेष प्राथमिकताको समुहको युवा विधामा कञ्चनपुरकी सीता राना थारु एवम् कृषि उद्यममा झापाका विशाल राइ पनि सम्मानित भएका छन्। यी १० विधाका युवा ३० हजार नगदका साथ सम्मानपत्रबाट सम्मानित भएका हुन्।
कार्यक्रममा वोल्दै युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसीले युवावाटै देशको विकास गर्ने सकिने बताए। राष्ट्रपति विद्यादेवी भण्डारीले ४० प्रतिशतभन्दा ठूलो सङख्यामा रहेको युवा विदेशिन बाध्य हुनु विडम्बना भएको बताइन्।
उनले कार्यक्रममार्फत दैनिक हजारौको सङख्यामा विदिशिन बाध्य हुने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिइन्।