PahiloPost

Jun 24, 2026 | १० असार २०८३

अफगानिस्तानको आवासीय क्षेत्रमा भएको आक्रमणमा १३ सर्वसाधारणको मृत्यु 



रासस

अफगानिस्तानको आवासीय क्षेत्रमा भएको आक्रमणमा १३ सर्वसाधारणको मृत्यु 

अफगानिस्तान :  अफगानिस्तानको उत्तरी क्षेत्रमा पर्ने आवासीय इलाकामा शुक्रबार राती भएको मोटार्सजडान धराप आक्रमणमा परी कम्तीमा १३ सर्वसाधारणको मृत्यु भएको छ। 

आवासीय इलाकालक्षित दुई वटा आक्रमणमा परी अन्य तीन जना घाइते भएका अधिकारीहरुले जनाएका छन्। गाँउलेहरुले रक्तपातपूर्ण यो घटनाको पुष्टी गर्दै मृत्यु हुने र घाइतेहरुको विवरण पनि दिएका छन्। 

तर बम कसले किन प्रहार गरेको हो भन्ने बारेमा भने अहिलेसम्म पनि उनीहरुले पनि भन्न सकेका छैनन्। सरकारी अधिकारीहरुले पनि घटनामा संलग्न समूहको पुष्टी गर्न सकेको छैन। उनीहरुले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकिएको बताएका छन्। 

गत एक दशकदेखि फार्याब प्रान्तको राजधानी मैमाना तालिवान लडाकूहरुको बलियो प्रभावमा रहेको छ। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell