
काठमाडौंः विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले आफ्नो पार्टीमा जनताको अपेक्षा बढेको बताएका छन्।
कैलालीको धनगढीमा पत्रकार सम्मेलन गर्दै मिश्रले विवेकशील र साझा पार्टीको एकतापछि नागरिक समाज र आमनेपालीले विवेकशील साझा पार्टीमा धेरै अपेक्षा बढेको बताएका हुन्।
मिश्रले भने,‘एकीकरण एकदमै राम्रो तरिकाले सम्पन्न भयो। पहिले हामीमा जति अपेक्षा थियो त्यो अपेक्षा आमनेपालीबाट विवेकशील साझा पार्टी गठन भएपछि ह्वात्तै पढेको छ।’ पार्टीको एकतापछि आफ्नो सम्पूर्ण समूह विभिन्न संगठन व्यवस्थापनको काममा लागेको मिश्रले बताए।
प्रदेश संयोजकमा हमाल
विवेकशील साझा पार्टीले प्रदेश नम्बर ७ को संयोजकमा गोपाल हमाललार्इ चयन गरेको छ। पार्टीको केन्द्रीय समितिले हमाललाई प्रदेश नम्बर ७ को संयोजकमा चयन गरेको हो।
स्थानीय तह निर्वाचनमा धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका हमाल पराजित भएका थिए।