PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

दुहबी सबस्टेसनभित्र ३ फिट पानी, मेची र कोसीमा विद्युत ठप्प



अनन्तराज न्यौपाने

दुहबी सबस्टेसनभित्र ३ फिट पानी, मेची र कोसीमा विद्युत ठप्प

विराटनगरः सुनसरीको दुहबी सब स्टेसनभित्र पानी पसेपछि प्राधिकरणले नै लाइन काटेका कारण कोसीपूर्वका २ अञ्चलको विद्युत सेवा अवरूद्ध भएको छ।

सब स्टेसनभित्र पानी पसेपछि शनिबार बिहान ४ बजे प्राधिकरणले नै लाइन काटेको हो। दुहबीस्थित सबस्टेसनबाट मेची र कोसी अञ्चलमा विद्युत आपूर्ति गरिँदै आएको छ। अहिलेसम्म दुबै अञ्चलमा विद्युत सेवा अवरूद्ध छ।

नेपाल विद्युत प्राधिकरणको दुहबी ग्रिडका प्रमुख अफ्ताब आलमका अनुसार सबस्टेसनभित्र तीन फिटसम्म पानी जमेको छ। पानी निकास हुने ठाउँ छैन। 

सबस्टेसन वरपर, बाटो, खेत, घर, आँगन सबैतिर पानी छ । ‘कन्ट्रोल रुमभित्रै पानी छ, त्यहाँ गएर प्राविधिक काम गर्ने कुनै गुन्जायस छैन’, आलमको भनाइ थियो, ‘अपराह्न साढे ३ बजेसम्म पानी घटेको होइन बरु बढेको बढ्यै छ ।’

सब स्टेसनका प्यानल बोर्ड सबै पानीले भिजाएको हुँदा यस्तो बेलामा विद्युत लाइन जोड्नु खतरापूर्ण हुने उनको भनाइ थियो।

‘यस्तो बेलामा लाइन जोड्दा पानीसँगै करेन्ट फैलन सक्छ’, प्रमुख आलमले भने, ‘यस्तो अवस्थामा लाइन काट्नुको विकल्प छैन।
पानीको सतह घट्नेबित्तिकै लाइन सुचारु गरिने उनले जानकारी दिए।

सब स्टेसनसँगै रहेको कार्यालयको भुइँतलामासमेत पानी पसेर विभिन्न प्रशासनिक र प्राविधिक काम गर्न गाह्रो भएको आलमले बताए। साथै सबस्टेसनको पूर्वतर्फको पर्खालसमेत पानीले भत्काएको जानकारी दिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell