
रुपन्देहीः जिल्ला समन्वय समिति रुपन्देहीमा एमाले–फोरम नेपाल गठबनधन विजयी भएको छ। प्रमुखमा एमाले–फोरम नेपाल गठबन्धनका एकराज विश्वकर्मा विजयी भएका छन् भने उपप्रमुखमा पनि गठबन्धनकै पशुपतिप्रसाद यादव विजयी भएका छन्।
विश्वकर्मा एमालेका हुन् भने यादव फोरम नेपालका हुन्। विश्वकर्माले २७ मत प्राप्त गरेका थिए भने प्रतिद्वन्द्वी काग्रेस माओवादी केन्द्र गठबन्धनका विष्णुप्रसाद बस्यालले ५ मत प्राप्त गरेका छन्।
सदस्यमा पनि एमाले–फोरम गठबन्धनले नै जितेको छ। जिल्ला समन्वय समितिको महिला सदस्यमा जमुना लम्साल, ज्ञानु विक र सरोजा कुमारी बढई विजयी भएका छन्। त्यस्तै खुल्ला सदस्यमा एमालेका तर्फबाट कविराम अर्याल र खेम प्रसाद लुईटेल २६/२६ मत ल्याएर विजयी भए।